Skip This
माओवादी एकताबद्ध भएर समाजवादको बाटोमा अगाडि बढ्न प्रतिबद्ध छ : उपाध्यक्ष भुसाल
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २३ शुक्रबार
  • Friday, 08 August, 2025
२o८२ श्रावण २३ शुक्रबार २o:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी एकताबद्ध भएर समाजवादको बाटोमा अगाडि बढ्न प्रतिबद्ध छ : उपाध्यक्ष भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २३ शुक्रबार २o:३४:oo

नेकपा (माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले माओवादी एकताबद्ध भएर समाजवादको बाटोमा अगाडि बढ्न प्रतिबद्ध रहेको बताएकी छिन्।

पार्टीद्वारा आज आयोजित जिल्ला भेला एवं तिज विशेष कार्यक्रममा उनले जनयुद्धदेखि हालसम्मको अवस्थालाई संश्लेषण गरेर समाजवादी आन्दोलनको खाका तयार गर्न माओवादी नेतृत्व लागेको बताइन्।

‘सुदृढ र एकीकृत पार्टी निर्माण गरेर समाजवादको बाटो निर्माणका लागि हाम्रो पार्टी लागिपरेको छ,’ उपाध्यक्ष भुसालले भनिन्, ‘पार्टीको आगामी बैठक र महाधिवेशनले समाजवादी क्रान्तिको विस्तृत कार्यदिशा तयार गरेर अगाडि बढ्छ।’ उनले केन्द्रदेखि तल्लो तहसम्म पार्टी कार्यकर्ताले निर्णयलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन्।

‘विमति र फरक विचारहरू पार्टीमा राख्न पाइन्छ, आफ्ना समितिमा राख्ने छुट छ, तर छरपस्ट रूपमा सार्वजनिक गर्न पाइँदैन, सबै सदस्य एवं नेतृत्वले पार्टीको निर्णयलाई पालना गर्नुपर्छ,’ उनले भनिन्, ‘पार्टीमा गुट र उपगुट सबै खारेज भएको छ।’

कार्यक्रममा पार्टीका महिला नेतृत्व एवं कार्यकर्ताहरूको उपस्थिति थियो।