Skip This
नवलपुरका स्थानीय तहहरूमा आइतबार स्थानीय बिदा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 08 August, 2025
Invalid date format १८:२३:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

नवलपुरका स्थानीय तहहरूमा आइतबार स्थानीय बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२३:oo

नवलपुरका स्थानीय तहहरूले आइतबार स्थानीय बिदा दिएका छन्। नेवाः समुदायको सांस्कृतिक पर्व गाईजात्रा पर्वको अवसरमा आइतबार यहाँका स्थानीय तहहरूले बिदा दिएका हुन्।

कावासोती नगरपालिका र मध्यविन्दु नगरपालिकाले सूचना जारी गरेर नेवाः समुदायको सांस्कृतिक पर्वको रूपमा आइतबार स्थानीय बिदा दिएका छन्। त्यसैगरी, विनयी त्रिवेणी गाउँपालिका र हुप्सेकोट गाउँपालिकाले आइतबार नेवाः समुदायको सांस्कृतिक पर्व गाईजात्रा र ३१औँ विश्व आदिवासी दिवसको अवसर पारेर स्थानीय बिदा दिएका छन्।

नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार ३१औैँ विश्व आदिवासी दिवस शनिबार साउन २४ गते परेको भए पनि देवचुली नगरपालिका र गैँडाकोट नगरपालिका तथा बौदीकाली गाउँपालिका र बुलिङटार गाउँपालिकाले पनि आइतबार विश्व आदिवासी दिवसको अवसरमा भनेर आ–आफ्नो पालिकाभित्र शैक्षिक संस्था, सरकारी कार्यालय र सामाजिक संघसंस्थाहरूमा सार्वजनिक बिदा दिएका छन्।