Skip This
धनकुटा नगरपालिकामा आइतबार सार्वजनिक बिदा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 08 August, 2025
Invalid date format १७:१८:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

धनकुटा नगरपालिकामा आइतबार सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:१८:oo

धनकुटा नगरपालिकाले साउन २५ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ। नेवार समुदायको पर्व गाईजात्रा परेकाले नगरपालिकाले सार्वजनिक बिदा दिएको हो।

धनकुटा नगर नेवार समुदायको बाहुल्य रहेको क्षेत्र हो। धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी दिएका छन्।

सूचनामा भनिएको छ, ‘साउन २५ गते आइतबार धनकुटा नगरपालिका क्षेत्रभित्र बसोबास गर्दै आएका नेवार समुदायको महान् चाड गाईजात्रा परेकाले सो दिन धनकुटा नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ।’

सो दिन नगर क्षेत्रभित्रका सम्पूर्ण वडा कार्यालय, शिक्षण संस्थाहरू तथा नगरस्तरीय कार्यालयहरू बन्द रहने सूचनामा भनिएको छ। तर, अत्यावश्यक सेवाहरू भने सञ्चालनमा हुनेछन्।