मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 09 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:२९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिवाइडी एट्टो–१ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:२९:oo

बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बहुप्रतीक्षित इलेक्ट्रिक ह्याचब्याक बिवाइडी एट्टो–१ सार्वजनिक गरेको छ । कम्पनीले बुधबारदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपोमा सार्वजनिक गरेको हो । यो गाडीले दिगो र पहुँचयोग्य मोबिलिटीतर्फ बिवाइडीको लगातार प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ । 

विश्वव्यापी रूपमा बिवाइडी सिगल, बिवाइडी डल्फिन मिनी वा डल्फिन सर्फ भनिने बिवाइडी एट्टो–१ नेपालमा इलेक्ट्रिक मोबिलिटीका लागि गेम चेन्जर बनेको कम्पनीको भनाइ छ ।

‘बिवाइडी एट्टो–१ मार्फत हामीले इभी प्रविधिलाई नेपाली सडकमा विश्वस्तरीय नवप्रवर्तनलाई ल्याएका छौँ,’ कम्पनीका सिइओ साहिल श्रेष्ठले भने, ‘यो एक इन्ट्री लेभल इभी मात्र होइन, कम्प्याक्ट इलेक्ट्रिक मोबिलिटीतर्फको क्रान्तिसमेत हो ।’

नेपालमा डाइनामिक र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछन् । डाइनामिकमा ३०.०८ किलोवाट आवरको ब्याट्री छ भने प्रिमियममा ३८.८८ किलोवाट आवरको ब्याट्री छ यी दुई भेरिएन्टको मूल्य क्रमश: २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ । 

नाईमा नेपाल मोबिलिटी एक्सपोमा यो गाडी बुकिङ गर्ने ग्राहकका लागि विशेष अफर उपलब्ध हुने कम्पनीले जनाएको छ । यसअनुसार नगद छुट, नि:शुल्क एक वर्षको अटो प्लस इन्स्योरेन्स, नि:शुल्क ३.३ किलोवाट पोर्टेबल चार्जर, १० वर्षको एक्सटेन्डेड वारेन्टी, नि:शुल्क एसेसरिजका साथै १० वर्षसम्म नि:शुल्क एप कनेक्टिभिटी सब्स्क्रिप्सनसमेत उपलब्ध हुने बताइएको छ ।