मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 09 August, 2025
सौरभ यादव राजविराज
Invalid date format १o:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजगढ घटनापछि संघर्ष समिति पाँचबुँदे मागसहित सक्रिय, उद्योग वाणिज्य संघद्वारा राजविराज बन्दको आह्वान

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १o:२७:oo

सप्तरीको राजगढ गाउँपालिका– २ मा प्रहरीले चलाएको गोली लागी लालु यादवको मृत्यु भएपछि त्यसको विरोधमा स्थानीयले संघर्ष समिति गठन गरी आन्दोलन थालेका छन्। संघर्ष समितिले शुक्रबार पाँचबुँदे माग सार्वजनिक गर्दै दोषी प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवलाई निलम्बन गरी कडा कारबाही गर्न माग गरेको छ। 

संघर्ष समितिको नेतृत्वमा स्थानीय समाजसेवी, राजनीतिक दल, नागरिक समाज र पीडित परिवारका सदस्यहरू रहेका छन्। उनीहरूले मृतक लालु यादवलाई ‘सहिद’ घोषणा गर्न, परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र सीमावर्ती बासिन्दाको सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेका छन्। 

संघर्ष समितिका तर्फबाट जारी विज्ञप्तिमा घटनाको निष्पक्ष र उच्चस्तरीय छानबिनका लागि आयोग गठन गर्नुपर्ने उल्लेख छ। घटनालाई सामान्य बनाउने प्रयास गरिँदै आएको भन्दै उनीहरूले यसलाई राज्यद्वारा गरिएको निर्मम हिंसा भन्दै दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्। 

यसैबिच, उद्योग वाणिज्य संघ, सप्तरीले घटनाप्रति आक्रोश व्यक्त गर्दै बिहीबारका लागि राजविराज बजार बन्दको आह्वान गरेको छ। संघले दोषी प्रहरीमाथि तत्काल कारबाही गर्न माग गर्दै घटनाले व्यापारी समुदायमा समेत त्रासको वातावरण बनाएको भन्दै चिन्ता व्यक्त गरेको छ। 

मृतक यादवको शव हालसम्म पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ। पीडित पक्षले न्याय नपाएसम्म शव नउठाउने अडान लिएको छ।