मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 06 August, 2025
Invalid date format १५:१३:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:१३:oo

कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। आज मंगलबार बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

कांग्रेसबाटै मुख्यमन्त्री बनेका बहादुरसिंह लामा तामाङले पदबाट राजीनामा दिएपछि बानियाँ मुख्यमन्त्री बनेका हुन्। सोमबार कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थनसहित नेता बानियाँले मुख्यमन्त्रीमा दाबी गरेका थिए। सोहीअनुसार बानियाँलाई आज प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। 

बागमतीका तत्कालीन मुख्यमन्त्री बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्री पदमा बानियाँलाई समर्थन गर्दै एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाको हस्ताक्षरसहित दाबी गरिएको थियो।

नवनियुक्त मुख्यमन्त्री बानियाँको शपथग्रहण कार्यक्रम आजै अपराह्न ४ बजेका लागि तोकिएको छ। उनले शपथ लिएपछि अन्य विभागीय मन्त्रीहरू नियुक्त गर्ने प्रक्रिया थालिने बताइएको छ।