मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १६ शुक्रबार
  • Friday, 01 August, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ श्रावण १६ शुक्रबार १३:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपाले सुरु गर्‍यो ‘खुला आँगन’ कार्यक्रम, नागरिकसँग प्रत्यक्ष संवाद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ श्रावण १६ शुक्रबार १३:२o:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने र पार्टी नेतृत्वसँग खुला संवादको संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘खुला आँगन’ नामक साप्ताहिक कार्यक्रमको सुरुवात गरेको छ ।

पार्टी र जनताबिचको दूरी घटाउँदै राष्ट्र निर्माणका विविध पक्षमा प्रत्यक्ष छलफल गर्ने हेतुले यो अभियान थालिएको हो ।

पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार, हरेक शुक्रबार अपराह्न ४ बजेदेखि ६ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा यो कार्यक्रम आयोजना हुनेछ । यस कार्यक्रममा पार्टीका सदस्यहरू, शुभेच्छुकहरू तथा आमनागरिकहरूले कुनै पनि पूर्वनिर्धारित एजेन्डाविना स्वतन्त्र रूपमा आफ्ना विचार, सुझाव, गुनासा र जिज्ञासाहरू राख्न सक्नेछन् ।

‘खुला आँगन’ कार्यक्रमको मुख्य उद्देश्य जनताको आवाजलाई सिधै नेतृत्व तहसम्म पुर्‍याउनु, नीति निर्माण प्रक्रियामा नागरिकको सहभागिता बढाउनु र एक उत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्नु रहेको पार्टीका प्रवक्ता मनीष झाले बताएका छन् ।