मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १४ बुधबार
  • Wednesday, 30 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण १४ बुधबार o८:३९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टी–२० आई अलराउन्डरमा सीताको वरीयता यथावत्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण १४ बुधबार o८:३९:oo

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मंगलबार महिलातर्फको टी–२० आई अलराउन्डर वरीयता सार्वजनिक गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीकी सिनियर खेलाडी सीता रानामगरको वरीयता यथावत् रहेको छ । यसबाहेक अन्य नेपाली महिला खेलाडीहरूको वरीयता सुधार भएन । अलराउन्डरमा सीता ६९औँ स्थानमै रहिन् । उनले ७६ रेटिङ अंक प्राप्त गरेकी छिन् । सन् २०२२ मा युगान्डाविरुद्धको सिरिजमा उनले सर्वाधिक एक सय ४१ अंक प्राप्त गरेकी थिइन् । सीताले थाइल्यान्डविरुद्ध टी–२०आईमा डेब्यु गरेकी थिइन् । 

गत जनवरीदेखि फेब्रुअरीसम्म नेदरल्यान्ड्स र थाइल्यान्डविरुद्धको त्रिकोणात्मक टी–२० आई सिरिजमा उनले बलिङमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । नेदरल्यान्ड्ससँगको खेलमा उनले १२ रन खर्चेर पाँच विकेट लिनुका साथै १० रन बनाइन् । उनले अहिलेसम्म ६१ टी–२० आई खेलमा नौ सय ६१ रन बनाएकी छिन् । जसमा एक अर्धशतक उनले प्रहार गरेकी छिन् । टी–२० आई महिला अलराउन्डर वरीयतामा सीताभन्दा एक स्थानमाथि अस्ट्रेलियाकी डारेसी ब्राउन छिन् । भारतकी साफेल वर्मा नेपालकी सीताभन्दा एक स्थान तल रहेकी छिन् । 

टी–२० महिला ब्याटिङ वरीयतामा सीताले मात्र स्थान बनाएकी छिन् । उनी सय स्थानमा रहिन् । ब्याटिङतर्फ उनले दुई सय ८५ रेटिङ पाएकी छिन् । उनीबाहेक अन्य कुनै पनि नेपाली महिला खेलाडी ब्याटिङ वरीयतामा समावेश छैन । 

कप्तान इन्दु र रुबिनाले स्थान गुमाए
टी–२० अलराउन्डर वरीयतामा कप्तान इन्दु बर्माले एक स्थान गुमाएकी छिन् । नयाँ वरीयतामा इन्दु ८३औँ स्थानमा छिन् । पछिल्लोपटक उनी ८२औँ स्थानमा रहेको आइसिसीले जनाएको छ । इन्दुले ६२ रेटिङ अंक पाएकी छिन् । उनले सन् २०२३ मा तान्जानियाविरुद्ध सर्वाधिक ७२ रेटिङ अंक बटुलेकी थिइन् । यसैगरी, पूर्वकप्तान रुबिना क्षेत्रीले पनि एक स्थान गुमाएकी छिन् । नयाँ वरीयतामा उनी ९७औँ स्थानमा रहिन् । उनले ५५ रेटिङ अंक पाइन् । सन् २०२४ मा भारतविरुद्ध उनले सर्वाधिक ९६ रेटिङ प्राप्त गरेकी थिइन् । यसैगरी, यू–१९ महिला टोलीकी कप्तान पूजा महतोले पनि वरीयता सुधार्न सकिनन् । उनी अहिले टी–२० आई अलराउन्डमा ९८औँ स्थानमा रहेको आइसिसीले जनाएको छ । पूजाले सन् २०२५ मा युएईविरुद्ध सर्वाधिक ५६ रेटिङ पाएकी थिइन् । 

नेपाल २१औँ स्थानमा 
आइसिसीले महिला टी–२० वरीयता सार्वजनिक गर्दा नेपाल २१औँ स्थानमा छ । नेपालको कुनै पनि स्थान परिवर्तन भएन । नेपालले ३६ टी–२० आई खेलमा ९० रेटिङ पाएको छ । 

नेपालभन्दा एक स्थानमाथि इन्डोनेसिया रहेको छ । एसियाकै बलियो राष्ट्र हङकङ नेपालभन्दा एक स्थानमुनि रहेको छ । महिलातर्फको वरीयतामा अस्ट्रेलिया दुई सय ९९ अंकका साथ शीर्ष स्थानमा छ । इंग्ल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा छन् ।