मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 30 July, 2025
नयाँ पत्रिका न्युयोर्क
Invalid date format १७:o८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

न्युयोर्कमा गोली चल्दा बन्दुकधारीसहित पाँचजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, न्युयोर्क
नयाँ पत्रिका
Invalid date format १७:o८:oo

एक बन्दुकधारीले मध्य म्यानहट्टनको गगनचुम्बी भवनमा प्रवेश गरी गोली चलाउँदा सोमबार एक प्रहरी अधिकारीसहित चारजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

गोली लागेपछि पाँचौँ पीडितको अवस्था पनि गम्भीर रहेको तथा बन्दुकधारीले आफ्नै ज्यान लिएको देखिएको मेयर एरिक एडम्सले घटनास्थलनजिकैको अस्पतालमा राति ब्रिफिङमा बताए।

बन्दुकधारी एम–४ राइफल लिएर कालो बिएमडब्लुबाट बाहिर निस्किँदै, त्यसपछि भवनमा प्रवेश गर्दै, तुरुन्तै एक प्रहरी अधिकारीमाथि गोली चलाउँदै गरेको क्यामेरामा कैद भएको प्रहरी आयुक्त जेसिका टिस्चले पत्रकार सम्मेलनमा बताए।

टिस्चले संदिग्धले एक्लै काम गरेको विश्वास गरिएको, तर अनुसन्धान जारी रहेको र एफबिआईले अनुसन्धानमा सहयोग गरिरहेको बताए।

उनले बन्दुकधारीलाई लास भेगासका सेन तमुराका रूपमा पहिचान गर्नुभयो र उनको गाडीमा उनको नाम भएको औषधिसहित एउटा रिभल्भर, गोला-बारुद र म्यागजिन फेला परेको बताए।

लास भेगास कानुन प्रवर्तनका अनुसार ती व्यक्तिसँग मानसिक स्वास्थ्य समस्याहरूको इतिहास भए पनि नेभाडाका लागि वैध बन्दुक अनुमति भएको देखिएको टिस्चले बताए।

मृत्यु भएका प्रहरी अधिकारी बंगलादेशबाट आएका ३६ वर्षीय आप्रवासी रहेको बताइएको छ। अन्य दुई पुरुष र एक महिलाको पनि मृत्यु भएको छ भने अर्का पुरुषको अवस्था गम्भीर रहेको छ।

कार्यालय कर्मचारी साद साकिबका अनुसार उनी काम छोड्नका लागि आफ्ना सामानहरू प्याक गरिरहेको वेला सार्वजनिक सम्बोधन घोषणाले उनी र उनका सहकर्मीहरूलाई ठाउँमा शरण लिन चेतावनी दिएको थियो।

संयुक्त राज्य अमेरिकामा सामूहिक गोलीबारी सामान्य छ, जहाँ हतियार राख्ने संवैधानिक अधिकार कडा नियमहरूको मागभन्दा बढी छ।

गन भायोलेन्स आर्काइभका अनुसार यस वर्ष न्युयोर्कमा सोमबारको घटनासहित संयुक्त राज्य अमेरिकामा दुई सय ५४ वटा सामूहिक गोलीबारी भएका छन् । यसले सामूहिक गोलीबारीलाई चार वा सोभन्दा बढी मानिसलाई गोली हानेको रूपमा परिभाषित गर्दछ। रासस