
नवलपुरको गैँडाकोट नगरपालिका– २ स्थित नारायणी नदीमा हाम हालेर एकजना युवक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार अन्दाजी २०–२२ वर्षीय युवक पुलबाट नदीमा हाम हालेर बेपत्ता भएका हुन् ।
बिहान सवा ६ बजेतिर बेपत्ता भएका उनको खोजीकार्य जारी रहेको र अझै फेला नपरेको नवलपुर प्रहरीले जनाएको छ । नामथर, वतन नखुलेको पुरुष व्यक्ति साइकल र चप्पल पुलमा छोडी नदीमा हाम फालेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी र सशस्त्र प्रहरी बल १७ नं. गण आँपटारी चितवनबाट खटिएको गोताखोर टोलीले खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।