मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १२ सोमबार
  • Monday, 28 July, 2025
२o८२ श्रावण १२ सोमबार १६:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोशीमा तीन हजारभन्दा बढी डेंगु संक्रमित, तीनजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १२ सोमबार १६:३९:oo

 कोशी प्रदेशका १४ जिल्लामै डेंगुको संक्रमण फैलिएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । निर्देशनालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा तीन हजार १८१ जना डेंगु संक्रमित रहेका छन् । 

जसमा तीनजनाको मृत्यु भएको उनले बताइन्। पहाडी जिल्लामा डेंगु संक्रमित अत्यन्त न्यून रहे पनि तराईका चार जिल्लामा बढी रहेको निर्देशनालयको तथ्यांकले देखाएको छ । 

हालसम्म मोरङमा ९१३, झापामा ८९७, सुनसरीमा ३७७, उदयपुरमा २७५, भोजपुरमा २२६, धनकुटामा १४३, ओखलढुंगामा १२१, पाँचथरमा ७०, खोटाङमा १०, ताप्लेजुङमा दुई, इलाम पाँच, सोलुखुम्बु ६ र तेह्रथुम दुईजनामा डेंगुको संक्रमण देखिएको उनले जानकारी दिइन्।

उनले विगत ५० वर्षको अवधिमा विश्वमा डेंगुको संक्रमण ३० गुणाले बढेको पाइएको बताइन्। उनले प्रत्येक जिल्लामा स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्यकर्मीहरूद्वारा खोजपड्ताल र नष्ट गर्ने कार्यक्रम भइरहेको बताइन्। 

निर्देशनालयकी अधिकृत खत्रीले एडिज एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोकेमा डेंगुको संक्रमण हुने हुँदा पूरा बाहुला भएको वा शरीर पूरै ढाकिने लुगा लगाउन अनुरोध गरिन्। 

‘डेंगु हुनबाट बच्ने एउटै मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिने हो,’ उनले भनिन्, ‘घरवरिपरि सफा राख्ने र पानी जम्ने भाँडाकुँडा हटाउने गरेमा पनि एडिज जातको लामखुट्टेबाट बच्न सकिन्छ ।’

असाध्यै शरीर दुख्ने, खाना मन नलाग्ने, पखाला लाग्ने, उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा बान्ता हुनु आदि डेंगुको लक्षण रहेको उनको भनाइ छ । उनले यिनै लक्षणका आधारमा चिकित्सकहरूले डेंगु संक्रमितको किटको माध्यमबाट चेकजाँच र उपचार गर्ने बताइन्।