मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १२ सोमबार
  • Monday, 28 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १२ सोमबार ११:२३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेबिको र सिद्धार्थ क्यापिटलबिच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १२ सोमबार ११:२३:oo

 नेबिको लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले २० करोड मूल्यबराबरकोे सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । 

कम्पनीले उक्त सेयर निष्कासनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यो कार्यका लागि दुवै पक्षबिच सम्झौता भएको छ । सम्झौतापत्रमा नेबिकोका तर्फबाट अध्यक्ष राजबहादुर सिंह र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले हस्ताक्षर गरेका हुन् । 

नेबिको सन् १९६४ मा स्थापना भएको नेपालकै पुरानो खाद्य उत्पादन कम्पनी हो । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रहेको मुख्य कारखाना तथा हेटौँडा, भैरहवामा थप भएका उद्योगबाट बिस्कुट र कन्फेक्सनरी उत्पादन गर्दै आएको छ । आगामी वर्षमा कम्पनीको बेकरी, वेफर, पफलगायतका उत्पादन स्वदेश र विदेशमा विस्तार गर्ने योजना रहेको छ ।