मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
Invalid date format २२:o२:oo
Read Time : < 1 मिनेट
समाचार

अवैध सुनका गहनासहित बाराबाट एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:o२:oo

प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगन्जबाट अवैध सुनका गहनासहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–७ का २६ वर्षीय गोपीलाल विश्वकर्मा रहेका छन्।

हेटौँडाबाट ना२२प ३८३४ नम्बरको मोटरसाइकल चलाएर निजगढतर्फ आउँदै गरेका विश्वकर्माको साथबाट प्रहरीले १०८.८ लाल तौलको सुनका गहना बरामद गरेको हो। सवारी जाँचका क्रममा विश्वकर्माले बोकेको झोलाबाट उक्त गहना बरामद भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

इलाका प्रहरी कार्यालय सिमराअन्तर्गत अमलेखगन्ज प्रहरी चौकीको टोलीले विश्वकर्मालाई सुनका गहनासहित नियन्त्रणमा लिएको हो। उक्त गहना अवैध नरहेको पुष्टि गर्ने बिल तथा अन्य कागजात फेला नपरेपछि विश्वकर्मालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेद जोशीले जानकारी दिए।

लुकाइछिपाई सुनको तयारी गहना ओसारपसार भएको फेला परेपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए।