मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
Invalid date format १८:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनहरीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु, एक गम्भीर घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:oo:oo

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका– ७, रमनटारमा ट्रक र स्कुटर एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। घटनामा एक महिला गम्भीर घाइते भएकी छिन्।

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३०४० नम्बरको ट्रकले चितवनबाट हेटौँडातर्फ आइरहेको बा.प्र ०३–०४ प ११६२ नम्बरको स्कुटरलाई दिउँसो करिब २ः३० बजे ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरी निरीक्षक विशाल सापकोटाको कमान्डमा मनहरीबाट गएको प्रहरी टोलीले स्कुटरचालकलाई तत्काल उद्धार गरी हेटौँडा अस्पतालमा पठाएको थियो। उपचारको क्रममा भरतपुर महानगरपालिका– ११, चितवननिवासी अन्दाजी ५१ वर्षीय मोतीबहादुर क्षेत्रीलाई चिकित्सकले दिउँसो ३ः२० बजे मृत घोषित गरेका हुन्।

स्कुटरको पछाडि सवार भरतपुर महानगरपालिका–९, सरतपुरनिवासी अन्दाजी ३६ वर्षीया नरमाया गुरुङ गम्भीर घाइते भएकी छिन्। उनको दायाँ खुट्टा, हात, टाउको र अनुहारमा चोट लागेको र चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भीर भए पनि बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ।

दुर्घटनामा संलग्न ट्रक र चालक सप्तरी बोडरवास नगरपालिका–२ निवासी अन्दाजी ३५ वर्षीय अशोक यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ।