मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 26 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १४:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुईतिहाइ भनेर मात्रै हुँदैन, काम हुनुपर्छ, कागजको रिपोर्ट दिएर हुँदैन : गोकुल बाँस्कोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:२५:oo

सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले मन्त्रीहरू र उनीहरूको संयन्त्रले काम नगरेको भन्दै असन्तुष्टि पोखेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बाँस्कोटाले दुईतिहाइ भनेर मात्रै नहुने प्रस्ट पार्दै कागजी रिपोर्टको साटो काम हुनुपर्ने बताए। काभ्रे र सिन्धुपाल्चोकको सीमामा १४ करोड लागतमा चार वर्षअघि ठेक्का लागेको पुलको काम नभएकोमा उनले यस्तो टिप्पणी गरेका हुन्।

‘ह्वांग दुईवटा पिल्लर उठ्या छ, एउटा फक्ल्याँटो हाल्या छ। बाँकी यतापट्टि बनाएको छैन। १० चोटि भनिसकियो कान खुल्दैन। दुईतिहाइ भनेर मात्रै भएन, कागजको रिपोर्ट मात्रै दिएर भएन, काम हुनुपर्‍याे,’ बाँस्कोटाले भने।

काभ्रेकै चाखोलाको पुलको अवस्था पनि उस्तै रहेको भन्दै उनले नक्कली रिपोर्ट बनाउने खेलबाट मन्त्रीहरू मुक्त हुनुपर्ने बताए। उनले भने, ‘कामचाहिँ केही पनि गरेको छैन, के रिपोर्ट आउँछ ? यस खालका विकास प्रक्रियाहरूबाट, नक्कली रिपोर्ट बनाउने कामबाट मन्त्रीहरू मुक्त बनून्।’