
उदयपुरबाट गत वर्ष गैरआवासीय नागरिकताको प्रमाणपत्र लिने नागरिकको संख्या १२ जना रहेको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले आर्थिक वर्ष ०८१/८२ मा भएका कार्यसम्पादनको प्रगति विवरणअनुसार ६–६ जना महिला र पुरुष रहेका छन् । कार्यालयका अनुसार कार्यसम्पादनको प्रगति विवरणअनुसार नयाँ नागरिकता प्रमाणपत्रमा वैवाहिक अंगीकृत लिनेको संख्या ६, वंशजको नागरिकता लिनेको संख्या १० हजार १३४ रहेको जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।
यसैगरी, नागरिकताको प्रतिलिपि लिने ६ हजार ७६६, नाबालक परिचयपत्र लिनेको संख्या १५९, राहदानी आवेदन संकलन आठ हजार २८८, राहदानी वितरण आठ हजार ३६४, राष्ट्रिय परिचयपत्र विवरण दर्ता २८ हजार ७६४, राष्ट्रिय परिचयपत्र वितरण पाँच हजार ९३८ रहेको लुइँटेलले जानकारी दिए ।
यता दलित, आदिवासी जनजाति, मधेशीलगायत अन्य सिफारिस दुई हजार १०२, भारतीय/ब्रिटिस पेन्सन सिफारिस ७९, ठाडो उजुरी १२२, नयाँ संस्था दर्ता २३, नवीकरण १७३, हातहतियार नवीकरण ११, पत्रपत्रिका तथा छापाखाना दर्ता जिरो, ड्रोन अनुमति एक, नयाँ मुद्दा दर्ता ७९, मुद्दा दर्ता फर्स्याेट ७०, सरकारी कार्यालयको निरीक्षण चारपटक गरिएको छ । यसैगरी अन्य विभिन्न कामहरू गरिएको कार्यसम्पादनको प्रगति विवरणमा उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी लुइँटेलका अनुसार राजस्व संकलनमा राहदानी शुल्कबाट चार करोड ६३ लाख ८५ हजार, अन्य प्रशासनिक शुल्कबाट पाँच लाख ६२ हजार १५०, हातहतियार नवीकरण दस्तुर शुल्कबाट एक लाख पाँच हजार २५० गरी जम्मा चार करोड ७० लाख ५२ हजार चार सय राजस्व संकलन भएको छ।