मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ९ शुक्रबार
  • Saturday, 26 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ९ शुक्रबार o८:४२:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

काठमाडौं गोर्खाजको नयाँ लोगो सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ९ शुक्रबार o८:४२:oo

काठमाडौं गोर्खाजले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)का लागि नयाँ नाम, लोगो र रणनीतिसहित प्रतिस्पर्धा गर्ने घोषणा गरेको छ । नयाँ लोगोले काठमाडौं उपत्यकाको संस्कृति र सम्पदालाई प्रतिनिधित्व गर्ने गोर्खाजले जनाएको छ । नयाँ लोगोमा उपत्यकाका संस्कृति झल्किने डिजाइन छ । जसमा माथिल्लो भागमा भक्तपुरको न्यातपोल, ललितपुरको कृष्ण मन्दिर र काठमाडौंको तलेजु भवानी मन्दिरलाई समेटिएको छ । 

पहिलो संस्करणमा काठमाण्डु गुर्खाजको नामबाट टोलीले प्रतिस्पर्धा गरेको थियो । अब काठमाडौं गोर्खाज नामले प्रतिस्पर्धा गर्ने टोलीका सिइओ सुरजसिंह ठकुरीले बताए । टोलीले मोन्टी देसाईलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ । उनलाई साथ दिन प्रशिक्षक वसन्त शाही, टेक्निकल एनालिस्ट सुरज शाक्य र फिजियो पुरन तिरुवाको निरन्तरता रहनेछ । मार्की खेलाडी करण केसीले मुख्य प्रशिक्षक मोन्टीको प्रशिक्षणमा उपाधि जित्ने लक्ष्य रहेको बताए । 

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम चाँडो सम्पन्न भए रातको समयमा खेल सञ्चालन गर्ने योजना रहेको बताए । मार्की खेलाडी करण केसीसहित भीम सार्की, शाहब आलम, रसिद खान, दीपेश कँडेल र प्रतीक श्रेष्ठलाई काठमाडौंले रिटेन गरेको छ ।