मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ८ बिहीबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ८ बिहीबार १७:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भू–माफियालाई जग्गा दिने गरी सरकारले विधेयक ल्यायो : उपेन्द्र यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ८ बिहीबार १७:५o:oo

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भू–माफियालाई जग्गा दिने गरी सरकारले भूमि विधेयक ल्याएको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै यादवले वन फँडानी गर्ने र भू-माफियालाई जग्गा प्रदान गर्ने गरी विधेयक आएको बताएका हुन्।

चुरेमा बस्ती र सडक निर्माणलगायतका दोहन कार्यले तराई मधेशका जिल्लामा खडेरीको संकट परेको उल्लेख गर्दै उनले भने, ‘यो समस्या विगत वर्षहरूमा पनि थियो र सरकारलाई पटक-पटक सचेत पनि गराइएको थियो। तर, त्यसको वास्ता गरिएन।’

तराई मधेश मरुभूमीकरण भइरहँदा सरकारले भने वन फँडानी गर्ने र भूमाफियालाई जग्गा प्रदान गर्ने गरी भूमि विधेयक ल्याएको यादवको आरोप छ। 

‘तराइ मधेशमा भइरहेको मरुभूमीकरण रोक्नुपर्छ, तर विडम्बनाको कुरा हो, एकातर्फ सरकारले सगरमाथा समिट गरेको छ, क्लाइमेट चेन्जमाथि। अर्कोतर्फ वन फँडानी गर्ने र भूमाफियालाई जग्गा प्रदान गर्ने गरी कानुन पनि ल्याएको छ विधेयकको रूपमा। यो कस्तो नीति हामी अँगाल्दै छौँ?’ उनले प्रश्न गरे।