मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 25 July, 2025
Invalid date format १७:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेशमा खानेपानी र सिँचाइका लागि गर्नुपर्ने काममा सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:१o:oo

प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेशमा खानेपानी र सिँचाइको अभाव हुन नदिन युद्धस्तरमा काम गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आजकै बैठकबाट मधेश प्रदेशलाई प्राकृतिक विपतग्रस्त घोषणा गरिएको जानकारी दिँदै सम्पूर्ण शक्ति प्रयोग गरेर खानेपानी र सिँचाइ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

‘यो सरकार राष्ट्रका सामु देखापरेका चुनौतीहरूको सामना गर्न लागेको छ। स्थिरता र स्थायित्वलाई कायम गरेर अघि बढ्ने हाम्रो संकल्प छ। अहिले पहाडमा वर्षा र बाढीको प्रभाव छ भने तराई–मधेश सुक्खा समस्याले ग्रस्त छ। यी समस्या समाधानका लागि सरकारले आवश्यक कदमहरू चालेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘प्राकृतिक विपतग्रस्त घोषणापछि तराई–मधेशमा कुनै सामग्री आवश्यक परेमा वा डिपबोरिङ गर्नुपरेमा सहज हुनेछ। यसतर्फ सरकार गम्भीर छ। अब अल्पकालीन र दीर्घकालीन उपाय खोजेर समस्या समाधानतर्फ लाग्नुपर्नेछ। यससम्बन्धी गर्नुपर्ने काममा सरकारले कुनै कसर बाँकी राख्नेछैन।’