मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 24 July, 2025
नयाँ पत्रिका सिन्धुपाल्चोक
Invalid date format १२:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सिन्धुपाल्चोक
नयाँ पत्रिका
Invalid date format १२:४३:oo

भोटेकोशी गाउँपालिका– २, कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। गएरातिदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले तातोपानी नाका जोड्ने सडक पूर्ण रूपमा बन्द भएको हो ।

इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार आज बिहान करिब ५ बजे भोटेकोशी गाउँपालिका- २, कोदारीस्थित इकु पहिरो क्षेत्रबाट सडकमाथिबाट ठुलो मात्रामा पहिरो खस्दा सडक सम्पूर्ण रूपमा बन्द भएको हो। उनले पहिरोका कारण तातोपानी नाकासँगको आवतजावत र सवारी सञ्चालन पूर्ण रूपमा रोकिएकाे बताए।

 पहिरो झर्ने क्रम अझै नरोकिएकाले हालको अवस्थामा सडक सञ्चालन गर्न असम्भव देखिएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनुर्पु शेर्पाले जानकारी दिए । उनका अनुसार इकु पहिरो क्षेत्र विगतदेखि नै संवेदनशील मानिँदै आएको छ। 

 पटकपटक सडक भासिने समस्या आइरहेको यस क्षेत्रमा २०७२ सालको भूकम्पले कोदारी बस्ती बगाएपछि उक्त क्षेत्र पहिरोको उच्च जोखिममा परेको शेर्पाले बताए । हाल बस्ती पूर्ण रूपमा विस्थापित भइसकेको उल्लेख गर्दै उनले सडक खुलाउने सम्भावनाबारे सडक डिभिजन कार्यालय चरिकोट र स्थानीय सरकारबिच छलफल जारी रहेको जानकारी दिए।