मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ५ सोमबार
  • Monday, 21 July, 2025
प्रकाश पौडेल बर्दिया
२o८२ श्रावण ५ सोमबार १८:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषध ब्राउन सुगरसहित बर्दियाबाट तीनजना पक्राउ

Read Time : < 1 मिनेट
प्रकाश पौडेल बर्दिया
नयाँ पत्रिका बर्दिया
२o८२ श्रावण ५ सोमबार १८:५३:oo

बर्दियामा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको छ।

प्रहरीले आइतबार बाँके बैजनाथ गाउँपालिका– ५, छमनियाका २४ वर्षीय कर्णबहादुर लोहार तथा बढैयाताल गाउँपालिका– ५, जगतियाका २४ वर्षीय  राहुल थारू र २१ वर्षीय शिवप्रसाद  थारूलाई पक्राउ गरेको हो।

बढैयाताल गाउँपालिका– ७ पचासाबाट पक्राउ गरेको लोहारको साथमा १ ग्राम ३५० मिलिग्राम तथा बढैयाताल गाउँपालिका– ६, खल्लागाउँबाट पक्राउ परेका राहुल थारू र शिवप्रसाद थारूको साथमा ४० ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालले जानकारी दिए।

उनले भने, ‘पक्राउ परेकाहरूलाई सोमबार बर्दिया जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।’