
नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा सुरु भएको बैठकमा अहिले अध्यक्ष केपी ओलीले समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राखिरहेका छन् ।
एमाले विधान महाधिवेशनको तयारीमा जुटेको छ । आगामी भदौ तेस्रो साताबाट सुरु हुने विधान महाधिवेशनको तयारीका लागि पछिल्लो समय सचिवालय र पोलिटब्युरो बैठक बसेको हो । आजबाट भने केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।