मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 18 July, 2025
नयाँ पत्रिका रुकुम पश्चिम
Invalid date format १३:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा सातजना घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुकुम पश्चिम
नयाँ पत्रिका
Invalid date format १३:५५:oo

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका– २ सिम्रुतु बजारनजिकै भित्री सडकखण्डमा जिप दुर्घटना भएको छ ।  वडा नं. २ को बाँदरपानी, रुघा हुँदै खलंगा जाँदै गरेको लु.१ज ४११२ नम्बरको जिप आज बिहान सिम्रुतु बजारनजिकै दुर्घटनामा परेको हो । जिप दुर्घटना हुँदा सातजना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए।

उनका अनुसार घाइते हुनेमा जिपचालक त्रिवेणी– २ सिम्रुतुका ३२ वर्षीय प्रेम खड्का, त्रिवेणी– १ का ८४ वर्षीय ससे घर्ती, सोही ठाउँकै २० वर्षीया सरिता केसी, त्रिवेणी– २ की २८ वर्षीया सुनिता केसी, २२ वर्षीया गीता ओली, मुसिकोट नगरपालिका– १३ की ४० वर्षीया सपना परियार र मुसिकोट– ५ की शिवकुमारी शर्मा रहेका छन् । घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल सल्ले पठाइएको प्रहरीचौकी सिम्रुतुले जनाएको छ । 

 जिप अनियन्त्रित भई सडकमै पल्टिएको थियो । जिपचालकसहित १० जना यात्रु रहेका थिए । घाइतेको अवस्था केहीको सामान्य र केहीको मध्यम रहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए। घाइतेको हातखुट्टा र टाउकामा चोट लागेको बताएको छ ।