मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 18 July, 2025
नयाँ पत्रिका वासिङ्टन
Invalid date format १३:४६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

‘द वाल स्ट्रिट जर्नल’ र मालिक मर्डोकविरुद्ध मुद्दा चलाउने ट्रम्पको चेतावनी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वासिङ्टन
नयाँ पत्रिका
Invalid date format १३:४६:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेफरी एपस्टिनलाई लेखेको पत्रका विषयमा ‘द वाल स्ट्रिट जर्नल’ र यसका मालिक रुपर्ट मर्डोकविरुद्ध मुद्दा दायर गर्ने चेतावनी दिएका छन् ।

सन् २००३ मा एपस्टिनको ५०औँ जन्मदिनको नोटसंग्रहमा एक नग्न महिलाको स्केच र ट्रम्पको हस्ताक्षरसहितको पत्र समावेश गरिएको थियो । उक्त पत्रिकाले पत्रको पुनरावलोकन गरेको, तर फोटो नछापिएको जनाएको छ ।

ट्रम्पले ट्रुथ सोसल नेटवर्कमा लेखेका छन्, ‘मैले रुपर्ट मर्डोकलाई यो अफवाह हो भनेको र नक्कली सामग्री (फेक स्टोरी) नछाप्न भनेको थिएँ । तर, उनले छापे, अब म उहाँको काम र उहाँको ‘न्यून दर्जा’को पत्रिकाविरुद्ध मुद्दा दायर गर्छु ।’

यसअघि वाल स्ट्रिट जर्नलकी प्रधान सम्पादक एम्मा टकरलाई ह्वाइट हाउसकी प्रेससचिव कारोलिन लेभिट र राष्ट्रपति ट्रम्पले उक्त पत्र नक्कली भएको बताएका थिए ।

रिपब्लिकन राष्ट्रपति ट्रम्पले उक्त समाचारलाई ‘गलत, दुर्भावनापूर्ण र अपमानजनक’ भने ।  पोस्टमा भनिएको छ, ‘राष्ट्रपति ट्रम्पले द वाल स्ट्रिट जर्नल, न्युजकर्प र रुपर्ट मर्डोकविरुद्ध चाँडै मुद्दा दायर गर्नुहुनेछ । प्रेसले सत्यवादी हुन सिक्नुपर्छ र सम्भवतः अस्तित्वमा पनि नभएका स्रोतहरूमा भरोसा गर्नुहुँदैन ।’ 

ट्रम्पले एपस्टिनसँगको आफ्नो विगतको सम्बन्धलाई लिएर पहिले नै कडा आलोचनाको सामना गरेका थिए । उनको प्रशासनले धनी र शक्तिशाली व्यक्तिहरूको रक्षा गर्न एपस्टिनको अपराधको गलत विवरणहरू ढाकछोप गरिरहेको दाबी गरेको छ । 
 
संघीय यौन तस्करीको आरोप लगाइएपछि सन् २०१९ मा ट्रम्पको पहिलो कार्यकालमा न्युयोर्कको जेलमा एपस्टिनले आत्महत्या गरेका थिए । वेश्यावृत्तिसम्बन्धी दुई अभियोगमा दोषी स्वीकार गरेपछि उनी फ्लोरिडामा यौन अपराधीको रूपमा दर्ता हुनुपर्ने थियो । बिहीबार ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई एपस्टिन प्रकरणमा ‘ग्रान्ड जुरी’को बयानको प्रतिलिपि जारी गर्न आग्रह गरेका थिए । रासस