
सन् १९४७ : बेलायतका राजा जर्ज छैटौँले ‘इन्डियन इन्डिपेन्डेन्स एक्ट (भारतीय स्वतन्त्रता विधेयक)’मा हस्ताक्षर गरे । यस विधेयकले औपचारिक रुपमा ब्रिटिस भारतलाई दुई स्वतन्त्र डोमिनियन भारत र पाकिस्तानमा विभाजित गर्यो ।
सन् १९६४ : रोमन सम्राट् निरोको शासनकालमा रोम सहरमा लागेको विशाल आगजनी आजकै दिनबाट सुरु भएको थियो ।
सन् १९१४ : गान्धीको २१ वर्ष लामो दक्षिण अफ्रिका बसाइ आजैबाट अत्य भयो । त्यहाँका उनले भारतीयले भोगेका राज्य भेदभावविरुद्ध भद्र अवज्ञा आन्दोलन चलाएका थिए । त्यहाँबाट उनको परिवार केही समय लन्डन बसेर अर्को वर्ष जनवरीमा मात्रै भारत फर्किएको थियो ।
सन् १९२५ : जर्मन तानाशाह एडोल्फ हिटलरको आत्मकथा ‘मेन केम्फ’ प्रकाशित भयो । सुरुमा पुस्तकको नाम ‘झुट, मूर्खता र कायरताविरुद्ध साढे चार वर्ष लामो (संघर्ष)’ थियो ।
सन् १९४० : डेमोक्य्राटिक पार्टीको सम्मेलनले ‘फ्य्रांकलिन डी रुजवेल्ट’लाई तेस्रो कार्यकालको लागि पार्टीका राष्ट्रपतीय उम्मेदवार चुन्यो ।
सन् १९५५ : विश्वमा पहिलोपटक आणविक ऊर्जा केन्द्रबाट निर्माण भएको विद्युत् व्यावसायिक रूपमा बिक्री गरियो ।
सन् १९६८ : रसायनशास्त्री गोडल इ मुर, भौतिकशास्त्री रोबर्ट नोयिस र अर्थर रक मिलेर अमेरिकाको क्यालिफोर्निया राज्यमा इन्टेल कर्पाेरेसन स्थापना गरे । हाल यो विश्वको सबैभन्दा ठुलोमध्ये एक चिप्स निर्माता हो ।
सन् १९९३ : जापानमा सम्पन्न संसदीय निर्वाचनमा सन् १९५५ देखि लगातार सरकारमा रहेको ‘लिबरल डेमोक्रेटिक पार्टी (एलपिडी)’ले बहुमत गुमायो । एलपिडीबाहेकका आठ दल मिलेर मोरिहिरो होसोकावाको नेतृत्वमा गठबन्धन सरकार निर्माण गरे ।
सन् १९९४ : दुई दिनअघिदेखि बृहस्पतिमा झर्न थालेका सुमेकर–लेभी नामक ध्रुवताराका टुक्रामध्ये सबैभन्दा ठुलो टुक्रा आजकै दिन बृहस्पतिमा सहतमा ठक्कर खायो । यसले बृहस्पतिको सतहमा झन्डै १२ हजार किमि क्षेत्रमा कालो धब्बा बनाएको थियो ।
सन् २०१२ : उत्तर कोरियाका संस्थापक नेता किम इल सुङका नाति तथा पूर्वनेता किम जोङ इलका छोरा किम जोङ उन औपचारिक रूपमा उत्तर कोरियाका सर्वोच्च नेता चुनिए ।