
लेखक तथा कलाकार व्रजेश खनालले रवि लामिछानेका लागि कविता लेखेका छन्। रविको समर्थनमा रास्वपाको कार्यालयमा हस्ताक्षर गर्न पुगेका व्रजेशले कविता लेखेका हुन्। यस्ताे छ उनकाे कविता :
तिमीहरूले
खर्च गरीगरी
आफ्नो श्रम र समय
मलाई पुर्न खाल्डो खन्यौ
तर,
तिमीहरूले पुरेको माटोमुनि
म त बलिया जरा पो हाल्दै छु
मौलाउँदैछु, फैलँदैछु, टुसाउँदैछु
अंकुरित हुँदैछु म
हेरिराख न, तिमीहरूले हेर्दाहेर्दै
म तिमीहरूको कैदको सतह उधिनेर
उम्रिनेछु, अल्गिनेछु भोलि
अडिनेछु दह्रो,
बलियो र विशाल बनेर
जसलाई हल्लाउन सक्दैनन्
तिमीले चलाएका हल्लाहरूले
जसलाई निहुराउन सक्दैनन्
तिमीले उत्पन्न गरेका
कृत्रिम आँधीबेहरीले
किनकि
तिमीहरूलाई थाहा छैन
तिमीहरूले खाल्डोमा हालेर
पुर्न खोजेको
म त एउटा
परिवर्तनको बीज हूँ ।