
एनआइसी एसिया बैंक र ई–स्टप नेपालबिच बैंकका ग्राहकलाई छुट प्रदान गर्न सम्झौता सम्पन्न भएको छ । सम्झौतापछि बैंकका ग्राहकले ई–स्टप नेपालले उपलब्ध गराएका रेस्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट पाउनेछन् ।
ई–स्टप नेपालले नवलपुरस्थित दलदले, सिन्धुलीस्थित रामटार र कुरिनटारमा रेस्टुरेन्टसँगै उपलब्ध गराएको चार्जिङ स्टेसनमा गाडी चार्ज गर्दै खानामा छुट सुविधा उपभोग गर्न सक्नेछन् ।
बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्दा उक्त छुट पाइने बताइएको छ । यस सहकार्यले डिजिटल भुक्तानी र हरित अर्थतन्त्रको प्रवद्र्धनमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।