मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
दीपक भट्ट रामेछाप
Invalid date format ११:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रामेछापमा युवाले गरे युवतीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर 

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format ११:२o:oo

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका– ६, गुप्तेश्वरमा एक युवकले स्थानीय एक युवतीमाथि खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट उमाकुण्ड गाउँपालिका– ६, गुप्तेश्वरकी २७ वर्षीया एलिसा सुनुवार गम्भीर घाइते भएकी छिन् । उनलाई सोही वडाका ३२ वर्षीय रजिन सुनुवारले गएराति खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी रजिनालाई स्थानीयहरूले घटनास्थलबाट उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार गराएका थिए । उनको स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि थप उपचारको काठमाडौं लैजान गाडीमार्फत सदरमुकाम मन्थलीसम्म ल्याउँदै गर्दा शरीरबाट धेरै रगत बगेका कारण उनको अवस्था झनै गम्भीर भएकाले हेलिकोप्टरमार्फत बिहीबार (आज) काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए । 

उनका अनुसार युवक रजिन र युवती एलिसा एकै गाउँका र पारिवारिक नातासमेत रहेको बुझिएको छ । युवकले युवतीमाथि के कारणले खुकुरी प्रहार गरे भन्ने यकिन खुल्न सकेको छैन । प्रहरीले खुकुरी प्रहार गर्ने युवक रजिन सुनुवारलाई नियन्त्रणमा लिएर जिल्ला सदरमुकाम मन्थली ल्याउँदै गरेको र यस घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले बताए ।