
प्रभु बैंकका ग्राहक तथा कर्मचारीले होपफुल होराइजन नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी सेवामा छुट पाउनेबारे द्विपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा होपफुल होराइजनकी डा. प्रकृति प्रधान र बैंकका प्रमुख मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार ग्राहकले ललितपुरको झम्सिखेलस्थित होपफुल होराइजनमा बैंकका बैंकको डेबिट, क्रेडिट कार्ड तथा प्रिभिलेज कार्डमध्ये कुनै एकबाट भुक्तानी गर्नुपर्नेछ ।
होपफुल होराइजन एक दक्ष एवं अनुभवी विशेषज्ञको टोलीद्वारा निजी क्षेत्रबाट सञ्चालित मानसिक स्वास्थ सेवाप्रदायक संस्था हो । यस संस्थाले सबै उमेर समूहका लागि विभिन्न किसिमका मानसिक स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ ।
प्रभु बैंकले देशका तीन सय १२ शाखा कार्यालय, दुई सय ८६ एटिएमका साथै ६८ एक्सटेन्सन काउन्टरमार्पmत सेवाप्रवाह गर्दै आएको छ ।