
सन् १९७३ : अफगानिस्तानका राजा मोहम्मद जाहिर शाह उपचारका लागि इटलीमा गएका वेला पूर्वप्रधानमन्त्री तथा राजाका भाइ पर्ने मोहम्मद दाउद खानले सेनाभित्रको वामपन्थी समूहको साथ लिएर शक्ति हातमा लिए र देशमा राजतन्त्र उन्मूलन भएको घोषणा गरे । जाहिर शाहले इटलीबाटै राज्य त्याग गरेसँगै देश औपचारिक रूपमा गणतन्त्र बनेको थियो ।
सन् १७६२ : क्याथरिन द्वितीयले (जो पछि क्याथरिन महान् भनेर चिनिइन्) आफ्ना श्रीमान् जार पिटर तृतीयलाई थुनेर आफूलाई सम्राज्ञी घोषणा गरिन् । जार पिटरको तृतीयको कारबासमै रहस्य रूपमा निधन भयो ।
सन् १९३६ : स्पेनमा भएको निर्वाचनमा वामपन्थी समूहको सरकार गठन भएपछि दक्षिणपन्थी जनरलद्वय फ्रान्सिस्को फ्रान्को र इमिलियो मोराले विद्रोहको घोषणा गरे । देश तीन वर्ष लामो गृहयुद्धमा फस्यो, जसमा दक्षिणपन्थीको जित भएको थियो ।
सन् १९६८ : जनरल अहमद हस्सन अल–बकरको नेतृत्वमा इराकमा भएको रक्तपातविहीन कुमा राष्ट्रपति अब्दुल रहमान आरिफ सत्ताच्युत गरेर वाथ पार्टी सत्तामा आयो ।
सन् १९७६ : इन्डोनेसियाका राष्ट्रपति सुहार्तोले पोर्चुगलको उपनिवेश रहेको छिमेकी पूर्वीटिमोर कब्जामा लिएर देशमा गाभे । पूर्वीटिमोर आफँै पोर्चुगलको औपनिवेशिक शासनबाट स्वतन्त्र हुन आन्दोलन गरिरहँदा इन्डोनेसियाले कब्जा गरेको थियो ।
सन् १९९२ : स्लोभाक संसद्ले स्वतन्त्र स्लोभाकिया बन्ने घोषणा गर्यो । त्यसपछि सुरु भएको लामो छलफलपछि स्लोभाकिया चेकोस्लोभाकियाबाट शान्तिपूर्वक जनवरी १, १९९३ मा औपचारिक रूपमा अलग देश बन्यो ।
सन् २०१४ : पूर्वीयुक्रेनमा सक्रिय रुस समर्थित पृथक्तावादी समूहले हानेको मिसाइलले मलेसिया एयरलायन्सको फ्लायट १७ मा लाग्दा विमानमा सवार २९८ जनाको ज्यान गयो ।