मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३o:oo

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए।

सरकारले देश र जनताको हितमा काम नगरेको उनको दाबी छ। सरकार पूर्णतः असफल भएकाले समर्थन गरिराख्न नसकेको उनले स्पष्ट पारे।

जसपा नेपालले समर्थन फिर्ता लिएसँगै राष्ट्रियसभामा सरकार अल्पमतमा परेको छ। 

विभिन्न ११ बुँँदे आरो लगाउँदै यादबले ओली नेतृत्वको सरकार असफल भएको बताएका छन्। 

यस्ता छन् ११ बुँदे आरोप-

१. जनतालाई सरकारले सुशासनको प्रत्याभूति गराउन नसक्नु ।

२. भ्रष्टाचार, अनियमित्तता, दण्डहीनता, कमिशनतन्त्र र विचौलियाहरूको चलखेल नियन्त्रण गर्न नसक्नु ।

३. मुलुकको अर्थतन्त्रलाई सुधार गरी आर्थिक विकासको गतिलाई अगाडी बढाउन नसक्नु । असन्तुलित र पूर्वाग्रहीत रूपले आ.ब.२०८२/८३ को बजेट ल्याउने कार्य गर्नु ।

४. संघीयता कार्यान्वन गर्न कुनै ठोस प्रयास नगर्नु ।

५. कृषि, उद्योग, पर्यटन र जलस्रोतको विकास गरी गरिवी, बेरोजगारी जस्ता समस्याहरूलाई हल गर्न नसक्नु ।

६. स्वच्छ खानेपानी, शिक्षा, स्वास्थ्य आदि सेवाका क्षेत्रमा गुणात्मक सुधार गरी जनतामा सेवा प्रवाह गर्न नसक्नु ।

७. समानतामा आधारीत न्यायपूर्ण समाज निर्माण गर्न मधेशी, आदिवासि जनजाति, दलित, महिला, पिछडावर्ग, थारू, अल्पसंख्यक लगायत उत्पीडित समुदायहरूको राष्ट्रिय समस्याहरूलाई हल गर्न नसक्नु ।

८. मधेश, थरूहट, किरता– लिम्वुवान लगायतका आन्दोलनहरूका क्रममा झुठा मुद्दा लगाई बन्दी बनाइएका राजबन्दीहरूलाई रिहाई नगर्नु ।

९. संविधान संशोधन गर्न हालसम्म कुनै प्रयास नगर्नु ।

१०. कृषि विकास गर्न किसानहरूलाई कृषि बजार, सिंचाई, मलखाद्य, विऊ विजन र किट्नाशक औषधीका साथै सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउन नसक्नु ।

११. वेरोजगारी समस्या हल गर्न रोजगारीका अवसरहरू सृजना गर्न नसक्नु ।