मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३२ बुधबार
  • Wednesday, 16 July, 2025
२o८२ असार ३२ बुधबार १३:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

साउन ८ र १२ गते नेपाल–भारत सीमानाका बन्द हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ३२ बुधबार १३:o३:oo

भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल-भारत सीमानाका बन्द हुने भएको छ ।

यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) भारतको उत्तराखण्ड प्रदेशमा पञ्चायत निर्वाचन हुँदै छ । उक्त निर्वाचनलाई मध्यनजर गरेर बैतडी र दार्चुलाका भारतसँग सीमा जोडिएका नाकाहरू बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए।

उनका अनुसार दार्चुलाको पुलघाट  नाका  जुलाई २१ (आगामी साउन ५ गते) बेलुकादेखि जुलाई २४ (साउन  ८ गते) बिहानसम्म बन्द हुनेछन् । यस्तै, बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि साउन १२ गतेसम्म बन्द रहने उनले जानकारी दिए । उक्त अवधिमा आकस्मिक रूपमा नाका खोल्नुपरेमा दुवै देशको आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ ।