मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १६:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गौशाला नगरपालिकाका प्रधानाध्यापकहरूद्वारा सामूहिक राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:४५:oo

महोत्तरीको गौशाला नगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले सामूहिक राजीनामा दिएका छन्। मंगलबार नगरपालिकाको ३२ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले नगरपालिकाको प्रशासन शाखामा सामूहिक रूपमा राजीनामा दिएका हुन्।

आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा पनि नगरपालिकाको कार्यालयले अत्यावश्यक रकमहरू निकासा नगर्दा विद्यालय सञ्चालनका लागि सकस भएपछि बाध्य भएर राजीनामा दिएको प्रधानाध्यापक गोपाल महतोले बताए। दिवाखाजा, पाठ्यपुस्तकसहित नगर शिक्षक र नगर अनुदान शिक्षकको तलब निकासा नभएको तथा ससर्त पुँजीगत तथा शैक्षिक अनुदान शीर्षकको रकमसमेत अति न्यून निकासा भएको उनको भनाइ छ। पटकपटक ताकेता गर्दा पनि आलटाल गरेपछि बाध्य भई राजीनामा दिएको प्रधानाध्यापक महतोले बताए।

तर, नगरप्रमुख डा. दीपेन्द्र महतोले भने विद्यालयहरूमा रकम निकासा भइसकेको दाबी गरेका छन्। उनले भने, ‘विद्यायलहरूले पाउनुपर्ने उचित रकम पाइसकेका छन्। धेरै स्थानमा गलत विवरण पेस गरी बढी रकम लिन खोजेकोमा नगरपालिकाले कागजातहरू जाँच गरी विद्यालयहरूले पाउनुपर्ने वास्तविक भुक्तानी भएको हो।’

योबाहेक गलत रूपमा आफूहरूले रकम दिन नसक्ने उनले प्रस्ट पारे। राजीनामा आफूहरूले नलिने बताउँदै उनले राजीनामा दिन चाहे आ–आफ्नो विद्यालय व्यवस्थापन समितिलाई बुझाउन आग्रह गरेका छन्। 

गौशालामा यसपटकको एसइई रिजल्ट ज्यादै दयनीय रहेकोमा समेत नगरप्रमुख महतोले असन्तुष्टि जनाएका छन्। उनले पठनपाठनमा कहाँ चूक भएको हो र नतिजा सन्तोषजनक नआउनुमा को जिम्मेबार छन् भन्ने विषयमा समेत पालिकाले गम्भीर भएर बुझिरहेको बताए।