मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
प्रेम गौतम काठमाडाैं
Invalid date format o६:४१:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मन्त्रीको ७८ लाख घुस ‘डिल’ प्रकरण : सत्तारूढ दलकै नेताहरू भन्छन्– प्रधानमन्त्री र एमालेमाथि नैतिक प्रश्न

मन्त्री गुप्तालाई कारबाही गर्न सुझाव

Read Time : > 1 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:४१:oo

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुसको ‘डिल’ गरेको घटना बाहिरिएपछि सत्ताको नेतृत्वको गरेको उनको पार्टी एमालेमाथि नै नैतिक प्रश्न जन्मिएको छ । एमालेकै भूमि व्यवस्थामन्त्री बलराम अधिकारी पनि मुछिएको यो प्रकरणमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले एक्सन लिनुपर्ने आवाज उठेको छ । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मन्त्री गुप्ताको घुस ‘डिल’ प्रकरणलाई गम्भीर रूपमा लिएको र प्रधानमन्त्रीले यसमा एक्सन लिनुपर्ने बताए । ‘यो घटनालाई एमालेले गम्भीर रूपमा लिएको छ । कतिपय विषयमा छलफलभन्दा पनि एक्सनमा जानुपर्ने हुन्छ । यो प्रधानमन्त्रीको विषय हो,’ उनले भने । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने घुस ‘डिल’बारे आफू जानकार नभएकाले बुझेपछि मात्रै बोल्न सक्ने बताए । 

मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी परेको छ । त्यस्तै, मन्त्री गुप्ताले भूमि आयोग कास्कीको अध्यक्ष नियुक्त गरिदिन बिचौलियासँग २५ लाख घुस डिल गरेको छुट्टै अडियो पनि सार्वजनिक भएको छ । जसमा उनले भूमि व्यवस्थामन्त्री अधिकारीलाई पनि पोलेका छन् । यस विषयमा शनिबार नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको थियो ।

सत्तासाझेदार कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले कुनै पनि मन्त्रीको विषयमा विवाद आउँदा सम्बन्धित पार्टी र प्रधानमन्त्रीले सोच्ने विषय भएको बताए । ‘कुनै मन्त्रीको विषयमा विवाद भए सम्बन्धित पार्टी र प्रधानमन्त्रीले सोच्ने विषय हो,’ उनले भने, ‘घुस डिलबारे मलाई थाहा छैन । अडियो नै सार्वजनिक भएको र अख्तियारमा उजुरी परेको भए अख्तियारले त्यसको अनुसन्धान गर्ला ।’ 

कांग्रेस नेता प्रकाश रसाइलीले घुसकाण्ड डिल गरेको अडियो सार्वजनिक भइसकेकाले त्यस्ता मन्त्रिमाथि छानबिन गर्नुपर्ने र प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताए । शनिबार काठमाडौंमा भएका एक कार्यक्रममा उनले भने, ‘सरकारका मन्त्रीहरूको घुस डिल बाहिरिएपछि सरकारमाथि चुनौती थपिएको छ । सरकारले छानबिन गर्नुपर्छ । सरकारका मन्त्रीहरूले नैतिकता पनि देखाउनुपर्छ । यदि भएन भने प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ,’ उनले भने ।