मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format ११:५९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सडक कालोपत्रे गर्दा पाइप थिचिएपछि खानेपानीको अभाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५९:oo

सिरहाको धनगढीमाइ नगरपालिका १३ स्थित भोर्लेनी गाउँमा घर घरमा वितरण गरिएको खानेपानीको धारा जोडिएको मूल पाइप सडक कालोपत्रे गर्दा थिचिएपछि पछिल्लो करिब डेढ सातादेखि खानेपानीको अभाव भएको छ । करिब एक सय ५० घरधुरीको दलित बस्तीमा खानेपानी आपूर्तिका लागि छ इञ्चको छ वटा पावर ड्रिल गरी पाइपमार्फत् घरघरमा पानी आपूर्ति गरिएकोमध्ये गाउँको मध्यभागको करिब ३० घरधुरीका बासिन्दाले धारामा पानी आउन छोडेको स्थानीय बासिन्दाको गुनासो छ ।

स्थानीय करिब ३९ वर्षीया लक्ष्मिनियाँदेवी रामले भनिन् ‘बस्तीमा पानी आपूर्तिका लागि पाइप लाइनमार्फत् घर–घरमा पानी पुर्याइएको थियो तर केही दिनदेखि पानी आउन छोडेको छ ।’ पानी नपरेर खडेरी परेका बेला खानेपानीको धारामा पनि पानी आउन छोडेपछि समस्या भएको उनको गुनासो छ । 

भोर्लेनी गाउँकी करिब ३१ वर्षीया देवकी मोचीले गाउँमै जडान गरिएको ट्याङ्कीको पानी पाइपलाइनबाट घर घरको धारामा आउने पानी पछिल्लो करिब १० दिनदेखि पहिले जसरी नआएको सुनाइन् । ‘पाइपबाट थोरै थोरै पानी आउँछ, त्यसलाई भर्न घण्टौं पालो कुर्नुपर्छ’ उनले भनिन् ‘खडेरीको कारणले बढ्दै गएको गर्मीमा बिहानदेखि बेलुकासम्म कसरी पानीको जोहो गर्ने भन्ने चिन्ता हुन्छ ।’ 

स्थायी समाधानका लागि काम हुँदै
धनगढीमाई नगरपालिका १३ का वडाध्यक्ष अध्यक्ष सूर्यमान तामाङ्ले वडाअन्तर्गत पर्ने डगर टोल, चार भैयाटोल, सदा टोल र रामटोलमा यसअघि जडान गरिएको पावर ड्रिलमार्फत् खानेपानीको आपूर्ति गरिरहेको बताए। ‘भोर्लेनी गाउँका करिब एक सय ५० घरधुरीका लागि छ थान पावरड्रिल जडान गरी खानेपानीको आपूर्ति भइरहेको छ’ उनले भने ‘करिब ३० घरसम्म खानेपानी पुर्याउन हालिएको पाइप जिरोमाइल सर्रे अम्बास सडक खण्डको कालोपत्रे गर्ने क्रममा पाइप थिचिएपछि पानी आपूर्तिमा केही समस्या भएको हो ।’

वडा अन्तर्गत पर्ने गाउँ बस्तीमा खानेपानीको स्थायी समाधानका लागि साविक विष्णुपुरकट्टी १, २ र ४ नं. वडाका लागि खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत् बनाइएको एक लाख लिटर क्षमताको ओभरहेड ट्याङ्कीमा बोरिङबाट पानी चढाएर वितरणका लागि पाइपलाइनको काम भइरहेको उनले बताए । ‘पाइपलाइनको काम सकिएपछि वडा क्षेत्रका करिब आठ सय ८१ घरधुरीका लागि खानेपनीको स्थायी समाधान हुनेछ ।’