मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २३:४५:oo
Read Time : > 1 मिनेट
समाचार

भोटेकोशी बाढी : केरुङबाट बेपत्ता भएका ११ चिनियाँको नेपालतर्फ खोजी हुँदै  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २३:४५:oo

भोटेकोशीको बाढीमा परी ११ जना चिनियाँ नागरिक हराइरहेकोमा नेपालतर्फ नै बगाएको हुन सक्ने आशंकामा खोजी थालिएको छ । चिनियाँ अधिकारीले त्यसका लागि नेपाल पक्षसँग समन्वय गरिरहेका छन् । 

उनीहरूको शव पहिचानका लागि डिएनए परीक्षणको तयारी भइरहेको छ । नेपालतर्फ केही चिनियाँको शव तथा केहीको शरीरका केही भाग मात्र भेटिएका थिए। 

बेपत्ता भएका नेपाली तथा चिनियाँहरूको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतका सुरक्षाकर्मीले भोटेकोशी र त्रिशूलीको नदीमा खोजी गरिरहेका छन्। 

९१ नेपाली केरुङमा अलपत्र 
भोटेकोशीको बाढीले केरुङको मितेरी पुल बगाएपछि  चीनमा अलपत्र परेका ९१ जना नेपाली नागरिकलाई चीनको केरुङमा खान र बस्नको व्यवस्थासहित सुरक्षित अवस्थामा राखिएको छ । नेपाल फर्कन चाहने नेपाली नागरिकलाई वैकल्पिक मार्ग प्रयोग गरी नेपाल फर्कन पहल अघि बढेको छ । 

बाढीमा फसेका चारवटा इभी र ११ वटा कन्टेनर सुरक्षित स्थानमा सारियो     
गत असार २४ गते मध्यरातमा रसुवा बाढीमा फसेका थप चारवटा इभी गाडी र ११ वटा कन्टेनरलाई शुक्रबार सुरक्षित स्थानमा सारिएको छ । रसुवा भन्सार कार्यालय, टिमुरे यार्डमा फसेका उक्त गाडीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट टिपुरेबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश पाण्डेको कमान्डमा खटिएको सुरक्षा फौजले असार २७ गते सुरक्षित स्थानमा सारेको हो । 

विपतमा फसेका थप ३४ जनालाई सुरक्षित साथ गन्तव्यतर्फ पठाइयो  
रसुवा बाढीमा फसेका थप ८९ जनालाई असार २७ गते  वैकल्पिक सडकमार्ग बनाई सुरक्षित साथ गन्तव्यतर्फ पुर्‍याइएको छ । टिमुरेबाट स्याफ्रुबेँसीतर्फ वैकल्पिक सडक बनाई ५५ जनालाई गन्तव्यतर्फ पठाइएको छ जसमा ४५ जना महिला र १० जना पुरुष रहेका छन् । त्यस्तै स्याफ्रुबेँसीबाट टिमुरेतर्फ ३४ जनालाई गन्तव्यतर्फ पठाइएको छ जसमा एक महिला र ३३ पुरुष छन् । उनीहरूलाई नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले वैकल्पिक सडकमार्ग बनाई गन्तव्यमा पुर्‍याएको हो ।  

यसअघि नदीमा आएको बाढीको कारण बन्द भएको सडकखण्ड सशस्त्र प्रहरीलगायतको सुरक्षा फौजले अस्थायी पदमार्ग बनाई ५६८ जनालाई सुरक्षित साथ गन्तव्यमा पुर्‍याएको थियो ।