मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format o९:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:१२:oo

नवलपुरको  हुप्सेकोट गाउँपालिका– १ बेलुवामा बाघको आक्रमणमा परी एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट– १, बेलुवानिवासी ३८ वर्षीय दीपेन्द्र शेर्पुन्जा  घाइते भएका हुन् ।

आज बिहान बेलुवाका त्रिकोण सामुदायिक वनमा घाँस काट्ने क्रममा बाघले आक्रमण गरी घाइते भएका उनलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताले कावासोती १६ डण्डा ल्याइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए ।

उनको दाहिने हात, छाती र ढाडमा चोट लागेको छ । बाघले आक्रमण गरेपछि उनी भागेर ज्यान बचाउन सफल भएको स्थानीयले जनाएका छन् । साथै, बाघ जंगलतर्फ गएको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।