मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format o८:१५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

म्याड्रिडलाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:१५:oo

पेरिस सेन्ट जर्मेन (पिएएसजी)ले सर्वाधिक चारपटकको विजेता रियल म्याड्रिडमाथि ४–० को सानदार जित निकाली फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ ।

अब पिएसजीले उपाधि भिडन्तमा आगामी आइतबार इंग्लिस क्लब चेल्सीको सामना गर्नेछ । उत्कृष्ट फर्ममा रहेको पिएसजीले युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको उपाधि हात पारिसकेको छ । अब पिएसजीको नजर क्लब विश्वकप हुनेछ ।

स्पेनिस क्लब रियलविरुद्ध बिहीबार सानदार जित दिलाउन क्रममा पिएसजीका फेबियन रुइजले दुई गोल गरे । ओसमाने डेम्बेले र गोन्सालो रामोसले सामान एक गोल गरे । रुइजले खेलको छैटौँ मिनेटमा पिएसजीलाई १–० को अग्रता दिलाए । खेलको नवौँ मिनेटमा डेम्बेलेले २–० को अग्रता दिलाए । पहिलो हाफमा पिएसजीविरुद्ध रियलको कमजोर प्रदर्शन रह्यो । 

रक्षापंक्तिदेखि फिनिसिङसम्म रियलले कुनै पनि समय सुधार गर्न सकेन । रियलको कमजोर डिफेन्सको फाइदा उठाउँदै पिएसजीले मध्यान्तरअघि नै ३–० को अग्रता बनायो । पिएसजीलाई तेस्रो गोल रुइजले गरेका थिए । तुलनात्मक रूपमा रियलले दोस्रो हाफमा खेलमा सुधार गरेको थियो, तर गोल फर्काउन भने सकेन । खेलको ८७औँ मिनेटमा रामोसले पिएसजीको जित ४–० ले पक्का पारे । 

लयमा फ्रेन्च क्लब
यतिवेला फ्रेन्च क्लब पिएसजीलाई हराउन कठिन देखिएको छ । फ्रेन्च लिग वानदेखि युरोपियन च्याम्पियन्स ट्रफी विजेता हुँदासम्म पिएसजीले एकरूपले प्रदर्शन गरेको छ । अझ युरोपकै सर्वाधिक कठिन मानिने च्याम्पियन्स लिग उपाधि पिएसजीले सहजै जित्यो ।

प्रतियोगिताको फाइनलमा उसले सिरी ए क्लब इन्टरमिलानमाथि ५–० को सानदार जित निकालेको थियो । च्याम्पियन्स लिगको फाइनलमा उपाधि विजेताले पाँच गोलअन्तरले जित हात पारेको यो नै पहिलोपटक थियो ।

प्रशिक्षक लुइस एन्रिकको प्रशिक्षणमा रहेको पिएसजीले च्याम्पियन्स लिगमा एट्लेटिको म्याड्रिडलाई ४–० र बायर्न म्युनिखविरुद्ध २–० को जित निकालेको थियो । फ्रेन्च टोलीको पछिल्लो सिकार रियल म्याड्रिड बन्यो ।