मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका राजबिराज
Invalid date format २२:o६:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मेयर कप सप्तरी प्रिमियर लिग सुरु, पहिलो दिन राजविराज र खडक विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, राजबिराज
नयाँ पत्रिका
Invalid date format २२:o६:oo

राजविराज मेयर कप सप्तरी प्रिमियर लिग सातौँ संस्करणअन्तर्गत बिहीबार सुरु भएको पहिलो खेलमा राजविराज राजदेवी रोयलले कन्चनपुर राइनोजलाई ३७ रनले तथा बजाज खडक वारिर्यसले रूपनी रायडर्सलाई २६ रनले पराजित गर्दै विजय सुरुवात गरेको छ। 

आज भएको पहिलो खेलमा राजविराज राजदेवी रोयलले टस जिती पहिलो ब्याटिङ गर्दै निर्धारित १५ ओभरको खेलमा ५ विकेटको नोक्सानीमा १ सय २० रन बनाएको थियो। राजविराजका लागि दिवान पुनले २६ बलमा ४१ रन, सदाम आलम २१ रन नटआउट,  रोहन विक १८ रन, प्रविन यादव १५ रनको योगदान दिएका थिए भने बलिङतर्फ कन्चनपुरका अभिमन्यु सरदार २ तथा रासिद खाँन, मुकेश सिंह र रौनक सिंहले समान १/१ विकेट लिएका थिए । 

१ सय २१ रनको लक्ष्य लिई मैदानमा ओर्लेको कन्चनपुर राइनोजले १५ ओभरमा ६ विकेट गुमाई ८३ रन बनाएका थिए । जसमा रौनक सिंहले २५ रन, प्रविन भुजेल १९ र महानन्द यादवले ११ रनको योगदान दिएका थिए भने बलिङतर्फ राजविराजका दिवान पुनः र अभिशेक तिवारीले सामान २ बिकेट तथा मों सोहेल र शिव दासले सामान १ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच राजविराज राजदेवी रोयलका दिवान पुन भएका थिए। 

बिहीबार नै सम्पन्न अर्को खेलमा बजाज खडक वारिर्यसले रुपनी रायडर्सलाई २६ रनले पराजित गरेको छ । टस जिती ब्याटिङ गर्दै खडक वारियर्सले निर्धारित २० ओभरको खेलमा १ सय ३७ रन बनाएका थिए । खडकका लागि अनिलकुमार यादवले ४४ रन, पप्पु यदवले ए ले नटआउट १९, सन्तोष कार्कीले ११ तथा गोपाल मण्डलले नटआउट रही १० रनको योगदान दिएका थिए । बलिङतर्फ रूपनी रायडर्सका नवीन मण्डलले ३ र अशोक मेहताले २ विकेट लिएका थिए भने विशाल पटेल र इमरान सेखले समान १/१ विकेट लिएका थिए।
१ सय ३८ रन लक्ष्य लिई मैदानमा ओर्लेको रूपनी १८ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाई १ सय ११ रनमै समेटिएको थियो । रूपनीका लागि इमरान शेखले २९ बलमा ४० रन, महेश माझी २३ रन र बिक्की चौधरीले १४ रनको योगदान दिएका थिए भने बलिङतर्फ खडकका अभिशेक कार्कीले २, फिर्दोस अन्सारी र पप्पु यादव बीले समान २/२ बिकेट लिएका थिए भने बावु गोठिया, पप्पु यादव ए र गोपाल मण्डलले सामान १/१ विकेट लिएका थिए खेलको म्यान अफ द म्याच खडकका पप्पु यादव बी भएका थिए । 

८ दिन सञ्चालन हुने प्रतियोगितामा ८ टिमको सहभागिता छ, जसलाई दुई समूहमा विभाजन गरिएको छ। समूह 'ए' मा हनुमाननगर हिरोज, कन्चनरूप राइनोज, राजगढ वारियर्स, राजविराज राजदेवी रोयल छन् भने समूह 'बी' मा तिराहुट टाइगर्स, रोयल च्यालेन्जर बाराही विरपुर, रूपनी राइडर्स तथा खडक वारियर्स रहेका छन्। समूह चरणमा सबै टिमले एकअर्कासँग खेलेपछि दुवै समूहबाट उत्कृष्ट दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन्। फाइनल खेल साउन १ गते हुनेछ। प्रतियोगिताको विजेता टिमले २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।