१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २० शुक्रबार
  • Friday, 04 July, 2025
२o८२ असार २० शुक्रबार १३:४७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युक्रेन युद्धविरामबारे पुटिनसँगको वार्तामा कुनै प्रगति नभएको ट्रम्पको भनाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २० शुक्रबार १३:४७:oo

युक्रेन युद्ध अन्त्यका लागि रुसी नेता भ्लादिमिर पुटिनसँग भएको फोनवार्तामा कुनै प्रगतिको महसुस आफूले नगरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।  वासिङ्टनले किएभमा केही हतियार ढुवानी रोकेपछि युक्रेनमा तीन वर्षभन्दा लामो समयदेखि जारी द्वन्द्व अन्त्यका लागि अमेरिकी नेतृत्वको शान्तिवार्ता रोकिएको ट्रम्पको गम्भीर आकलन छ ।

‘हामी (पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्प)ले धेरै लामो फोन संवाद गरेका छौँ । यो साँच्चै नै धेरै लामो कल थियो । फोनवार्तामा हामीले इरानसहित धेरै विषयमा कुरा गर्‍यौँ  र हामीले युक्रेनसँगको युद्धबारे पनि कुरा गर्‍यौँ । म छलफलबाट खुसी छैन,’ राष्ट्रपति ट्रम्पले गरेको पत्रकार सम्मेलनमा बताए। 

युद्ध अन्त्यका लागि कुनै सम्झौताको नजिक पुग्नुभएको छ कि भनेर सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘अँ हँ, मैले उहाँसँगको वार्तामा युक्रेन युद्धबारे कुनै प्रगति भएको महसुस गनै सकिनँ ।’

अमेरिकी रिपब्लिकन नेता ट्रम्पको यो संवादप्रतिको दृष्टिकोण असामान्य रूपमा निराशाजनक देखिएको छ । जनवरीमा सत्तामा फर्केपछि पुटिनसँग यसअघि भएका पाँचवटा वार्तापछि उहाँले सम्झौताको दिशामा प्रगतिको आशा देखिएको बताएका थिए। रुसी नेता पुटिनप्रति प्रारम्भिक दृष्टिकोण राखेपछि उनले  युद्ध अन्त्यका लागि रुसी नेताको धारणाप्रति निराशा व्यक्त गरे । हालैका हप्ताहरूमा उनले  इरान–इजरायल द्वन्द्वमा मध्यस्थता गर्ने पुटिनको प्रस्तावलाई अस्वीकार गरेका थिए भने पुटिनलाई युक्रेन युद्धमा ध्यान केन्द्रित गर्न सुझाव दिएका थिए । 

उक्त वार्ता करिब एक घण्टासम्म चलेको र पुटिनले रुसको लक्ष्यलाई नछोड्ने दृढता व्यक्त गरेकाे मस्कोबाट क्रेमलिन स्रोतले दिएको जानकारीमा उल्लेख गरिएको छ ।