
बिपी राजमार्गमा आइतबारदेखि रातको समयमा सवारीसाधन चल्न नपाउने भएका छन्। विपतजन्य घटनाबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै साँझ ६ः३० देखि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।
विपतजन्य घटनाबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न र यात्रुको सुरक्षाका लागि भन्दै जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको बैठकले सो निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय काभ्रेका अनुसार असार १८ गते बसेको जिल्ला सुरक्षा समिति बैठकले असार २२ गते आइतबारदेखि लागू हुने गरी निर्णय गरेको हो।