१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १९ बिहीबार
  • Thursday, 03 July, 2025
फाइल तस्बिर
२o८२ असार १९ बिहीबार १६:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संविधान संशोधन भाषण र नारामा मात्र सीमित रहनु जनतासमक्ष गरेको प्रतिबद्धतामा धोका हो : कांग्रेस नेता केसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १९ बिहीबार १६:४६:oo

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संविधान संशोधनको मुद्दा अगाडि सारेर सरकार बनाएका दलहरूले संशोधनको मुद्दालाई भाषण र नारामा मात्र सीमित राख्नु जनतासमक्ष गरेको प्रतिबद्धतामा धोका भएको बताएका छन्।

पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा लिखित १७ बुँदे धारणा प्रस्तुत गर्दै केसीले सो विचार व्यक्त गरेका हुन्।

केन्द्रीय समिति बैठकमा बोल्दै नेता केसीले जनतामा व्याप्त निराशा र जनआक्रोशको प्रमुख कारण भ्रष्टाचार, दण्डहीनता, कुशासन र आर्थिक अपराधले उब्जाएको र कांग्रेसले लाचार र मूकदर्शक भएर त्यसलाई टुलुटुलु हेरिरहेकाले पार्टीको साख घटेको बताए। साथै, उनले यसविरुद्ध सरकार र जनस्तरको आन्दोलन कांग्रेसकै नेतृत्व र समन्वयमा हुनुपर्नेमा पनि जोड दिए।

नेता केसीले आजसम्मका चर्चित र नीतिगत भ्रष्टाचार काण्डहरूको छानबिन गर्न कुनै पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा सर्वशक्तिसम्पन्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसले नै पहलकदमी गर्नुपर्नेमा पनि जोड दिए।

नेता केसीले प्रस्तुत गरेको लिखित मन्तव्यको पूर्णपाठ :