१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १५:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गृहमन्त्री लेखकसमक्ष बैतडीको शान्तिसुरक्षा र विपत् व्यवस्थापनबारे ‘ब्रिफिङ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:२७:oo

गृहमन्त्री रमेश लेखकले बैतडीको शान्तिसुरक्षा र विपत् व्यवस्थापनबारे जानकारी लिएका छन् । बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेर शान्तिसुरक्षा र विपत् व्यवस्थापनबारे जानकारी लिएसँगै गृहमन्त्री लेखकले जिल्लास्थित सम्बद्ध अधिकारीहरूलाई आवश्यक निर्देशनसमेत दिए ।

गृहमन्त्री लेखकलाई जिल्लाको समग्र शान्तिसुरक्षा र विपत् व्यवस्थापनबारे जानकारी गराइएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

उनले भने, ‘गृहमन्त्रीलाई जिल्लाको समग्र शान्तिसुरक्षा र विपत् व्यवस्थापनबारे ‘ब्रिफिङ’ गरेका छौँ । उहाँले विपत् पूर्वतयारी तथा व्यवस्थापनमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ, सोहीअनुसार तदारुकताका साथ काम हुन्छ ।’

गृहमन्त्री लेखक तीनदिने भ्रमणका लागि बुधबार बैतडी आएका हुन् । जन्मघर बैतडी रहेको गृहमन्त्री लेखकको यहाँ रहँदा पारिवारिक एवं राजनीतिक भेटघाटका साथै प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । रासस