१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १४:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भरतपुर महानगरद्वारा सिपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३९:oo

भरतपुर महानगरपालिकाले मागमा आधारित सिपमूलक तालिममा  सहभागी ७७९ प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेको छ ।  बिहीबार एक कार्यक्रमबिच महानगरले विभिन्न सिप क्षेत्रमा तालिम लिएका प्रशिक्षार्थीलाई औपचारिक रूपमा प्रमाणपत्र प्रदान गरेको हो । महानगरपालिकाले स्थानीय श्रमबजारको माग र दक्ष जनशक्तिको आवश्यकतालाई ध्यानमा राख्दै मेसन (ढलान र निर्माण), वारिष्टा (कफी तथा पेय पदार्थ तयार गर्ने), ड्राइभिङ र एडभान्स ब्युटिपार्लर तालिम सञ्चालन गरेको थियो ।  

तालिम समापन समारोहमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले प्रशिक्षार्थीहरूलाई संयुक्त रूपमा प्रमाणपत्र वितरण गरे। महानगर प्रमुख दाहालले सिप विकासमार्फत रोजगारी सिर्जना गर्दै आत्मनिर्भर नगर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताइन् ।  उनले भरतपुर महानगर भविष्यमा पनि यस्ता तालिमलाई प्राथमिकतामा राख्दै युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरिन्। प्रमुख दाहालले तालिममा लिएको ज्ञान सिपमार्फत उद्योग, व्यवसाय तथा रोजगार बन्न प्रशिक्षार्थीलाई आग्रह पनि गरिन् ।

दक्ष जनशक्तिको माग स्वदेश तथा विदेशमा रहेकाले सिप सिकेपछि राम्रो आम्दानी गर्न सकिने उनको भनाइ थियो । यस्तै, उपप्रमुख चित्रसेन अधिकारीले महानगरले युवाहरूलाई लक्षित गरी बर्सेनि यस्ता तालिम प्रदान गर्दै आएको जानकारी दिए ।  चालू आर्थिक वर्षका लागि सिप विकास कार्यक्रममा एक करोड ५० लाख विनियोजन गरिएको र सोही बजेटबाट १७ सयजनालाई तालिम दिइएको उनको भनाइ थियो । 

कार्यक्रममा प्रशिक्षार्थीले प्राप्त तालिमले आफूहरूलाई व्यावसायिक जीवनमा अघि बढ्न मद्दत गर्ने विश्वास व्यक्त गरे । तालिममा सहभागीहरूमध्ये अधिकांश युवा, महिला तथा बेरोजगार व्यक्तिहरू रहेका थिए ।