१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १३:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मानव बेचबिखनसम्बन्धी ऐन कार्यान्वनको अवस्थाबारे अध्ययन गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १३:o८:oo

प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक मामिला समितिले संगठित अपराधको रूपमा ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४’ को कार्यान्वयन अवस्थाबारे अध्ययन गर्ने भएको छ ।

समितिको आज बसेको बैठकले बेचबिखनको उच्च जोखिममा रहेका तथा बेचबिखन तथा ओसारपसारमा परेका पीडितको न्यायमा पहुँचको सुनिश्चितता गर्ने उद्देश्यले सो कानुनको कार्यान्वनको अवस्थाबारे अध्ययन गरिने समितिका सभापति किरणकुमार शाहले जानकारी दिए ।

उनले भने, ‘समितिको आजको बैठकले संगठित अपराधको रूपमा विश्वभर फैलिएको मानव बेचबिखनबाट प्रभावित व्यक्तिको आत्मसम्मान, स्वतन्त्रता र मौलिक हकको संरक्षण गर्न, स्वदेश तथा विदेशमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी आरोप लागेका व्यक्तिलाई कानुनको दायरामा ल्याउन यो ऐन निर्माण गरिएकाले यसको कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्ने निर्णय गरेको छ ।’

समितिले ऐनको स्थिति, त्यसको असर, प्रभावलगायत विषयका आधारमा ऐन कार्यान्वयनको मापन गर्ने जनाएको छ । रासस