१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:o८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्वावलम्बनले गर्‍यो वातावरणमैत्री गाउँ निर्माण कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:o८:oo

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले वातावरणमैत्री गाउँ (इको भिलेज) निर्माणका लागि स्थानीयसँग अन्तरक्रिया गरेको छ । बुढानीलकण्ठ नगरपालिकास्थित डाँडागाउँ बस्तीलाई वातावरणमैत्री स्वावलम्बन गाउँ निर्माण गर्ने उद्देश्यले लघुवित्तले सरोकारवालाहरूसँग अन्तरक्रिया गरेको हो ।

लघुवित्तले कार्बन उत्सर्जन न्यूनीकरण, फोहोर व्यवस्थापन र वृक्षरोपण गरी स्वच्छ वातावरण निर्माण गर्ने, उद्यमशीलता विकास गरी आयआर्जन वृद्धि तथा बेरोजगारी अन्त्य गर्न वातावरणमैत्री स्वावलम्बन गाउँ निर्माण यस्तो अन्तरक्रिया आयोजना गरिएको जनाएको छ । केन्द्रीय कार्यालय उद्यमशीलता, ग्राहक संरक्षण तथा अनुसन्धान विभागका प्रबन्धक सुमन श्रेष्ठले वातावरणमैत्री स्वावलम्बन गाउँ निर्माणको अवधारणासम्बन्धी प्रस्तुतीकरण गरेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मीठाराम अधिकारीले वातावरण संरक्षण, उद्यमशीलता विकास र रोजगारी सिर्जनाजस्ता महत्वपूर्ण कुरा समेटेर वातावरणमैत्री गाउँ निर्माण गर्न अगुवाइ गरेकोमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थालाई धन्यवाद दिए ।