१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:२o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

माछापुच्छ्रे बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:२o:oo

माछापुच्छ्रे बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५ बाट सम्मानित भएको छ । बैंक बिजनेस मोडेल इनोभेसन विधाअन्तर्गत प्लाटिनम अवार्डबाट सम्मानित भएको हो ।

बैंकले डिजिटल इनोभेसनमा उत्कृष्ट काम गरेबापत उक्त पुरस्कार प्राप्त गरेको हो । यो अवार्ड बैंकिङ क्षेत्रमा प्रविधिगत नवप्रवर्तनलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रदान गरिन्छ ।

बैंकले बैंकिङ सेवामा नवीनतम प्रविधि प्रयोग गरी ग्राहकलाई सुरक्षित र दिगो सेवा उपलब्ध गराउँदै आइरहेको छ । डिजिटल बैंकिङ, शाखारहित सेवा पहुँच, मोबाइल बैंकिङ, नवीनतम साइबर सुरक्षा मापदण्डको अवलम्बनजस्ता क्षेत्रमा बैंकले गरेको लगानीको फलस्वरूप बैंक उक्त अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको हो ।

इन्फोसिस फिनाकलद्वारा हरेक वर्ष प्रदान गरिने उक्त अवार्डको २०२५ संस्करणमा १० श्रेणीमा विश्वभरका प्रमुख बैंकमध्येबाट तीन सयभन्दा बढी मनोनयन भएका थिए ।