१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format oo:२o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

सवैधानिक नियुक्तिविरुद्धका रिट खारेज, सबैको नियुक्ति सदर 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format oo:२o:oo

सर्वोच्च अदालतले संवैधानिक निकायमा अध्यादेशमार्फत गरिएका नियुक्तिको वैधता परीक्षणसम्बन्धी मुद्दाको मध्यराति फैसला सुनाउँदै रिट खारेज गरेको छ। यससँगै ५२ जनाको नियुक्तिले बैधता पाएको छ। 

सर्वाेच्चको संवैधानिक इजलासका न्यायाधीशहरु सपना प्रधान मल्ल र मनोज कुमार शर्मा र कुमार चुडालको बहुमतले रिट खारेज गरेको हो। प्रधानन्यायधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नहकुल सुवेदीले भने नियुक्ति बदर हुनुपर्ने फरक राय राखेको सर्वाेच्चका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए। 

सर्वाेच्चको संवैधानिक इजलासमा राय बाँझिएपछि बहुमतका आधारमा रिट खारेज गर्ने फैसला भएको हो। संवैधानिक इजलासले ९ वटा रिट खारेज गरी ६ वटामा कानूनबमोजिम गर्ने आदेश दिएको छ। संवैधानिक इजलासबाट तीन जनाले रिट खारेजको पक्षमा दुई जनाले फरक राय व्यक्त गरेको निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए। 

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा रहेको संवैधानिक इजलासले  करिब साढे चार वर्षपछि फैसला सुनाएको हो ।  इजलासमा न्यायाधीशहरु सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी थिए। 

   इजलासले यी मुद्दामा गत ३० माघ, २१ फागुन र ६ चैतमा सुनुवाइ गरेको थियो । त्यसपछि ३, ७, ८, ९, १०, २८ र ३० वैशाखमा हेर्दाहेर्दैमा राखी सुनुवाइ सकेको थियो । १ जेठमा अन्तिम सुनुवाइपछि २८ जेठका लागि निसु तोकिए पनि फेरि १८ असारका लागि धकेलिएको थियो। 

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा रहेको गणपूरक संख्याको व्यवस्था संशोधन गरी दुईपटक तत्कालीन सरकारले विभिन्न संवैधानिक पदमा ५८ नियुक्ति सिफारिस गरेको थियो । जसमध्ये पाँचजनाले नियुक्ति बुझेका थिएनन् । नियुक्त भएकाको कार्यकाल ६ वर्षको रहने गरेकोमा पाँचाँै वर्षमा बल्ल यो मुद्दामा निर्णय आउन लागेको हो ।   

तत्कालीन प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ती अध्यादेश जारी गरेकी थिइन् । ०७७ मंसिर ३० मा अध्यादेश ल्याई ३८ जनाको नाम सिफारिस गरिएको थियो । यसैगरी ०७८ वैशाख २१ मा पनि यस्तै अध्यादेश ल्याइयो र विभिन्न पदमा २० जनाको नाम सिफारिस गरियो । दुवैपटकका नियुक्तिविरुद्ध परेका रिटहरूमा एकैपटक फैसला आएको हो ।