१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १९:३८:oo
Read Time : < 1 मिनेट
प्रदेश

बजेट वैज्ञानिक, आवश्यकता र औचित्यमूलक छः मुख्यमन्त्री आचार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:३८:oo

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०८२/८३ का लागि ल्याएको बजेटमाथि प्रदेश सभाको छैटाैँ अधिवेशनअन्तर्गत १६औँ बैठकमा समूहगत छलफल भएको छ । बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री चेतनारायण आचार्यले बजेट कुनै हावादारी आधारमा नभई वैज्ञानिक विश्लेषण, आवश्यकता र औचित्यमाथि आधारित भएर ल्याइएको दाबी गरेका छन् । बजेटमाथिको छलफलमा सत्तापक्षकै सांसदहरूको कडा आलोचना सुनेका मुख्यमन्त्रीले सबै ठाउँमा ध्यान पुर्‍याएर बजेट ल्याएको दाबीसमेत गरे।

सुझावहरूलाई सरकारले ग्रहण गर्ने, नमिलेका विषयहरूलाई मिलाउने गरी सरकारअघि बढ्ने उनले बताए । बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले एक वर्षको अवधिमा हासिल गरेका उपलब्धिहरूबारे समेत संसदमा जानकारी गराए । मुख्यमन्त्री आचार्यले बजेट प्रदेशको विकास, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउने दिशामा अघि बढाइएको भन्दै कार्यान्वयनमै जोड दिने प्रतिबद्धता जनाए ।

त्यस्तै, बजेटमाथि उठेका प्रश्नको जवाफ आर्थिक मामिलामन्त्री धनेन्द्र कार्कीले दिएका थिए ।

यसअघि छलफलमा भाग लिँदै सत्तापक्षका सांसदहरू डिल्लीराज भुसाल, रामजीप्रसाद घिमिरेलगायतले बजेट असन्तुलित रहेको भन्दै आलोचना गरेका थिए । विपक्षी दलका सांसदहरू यन्द्रजित थारू, दीपेन्द्रकुमार पुनमगर, तारा थापालगायतले बजेटको आलोचना गरेका थिए।