१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:३३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

वातावरणमैत्री गाउँ निर्माणसम्बन्धी स्वावलम्बन लघुवित्तको अन्तर्क्रिया सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:३३:oo

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले वातावरणमैत्री गाउँ (इको भिलेज) निर्माणसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। बुढानीलकण्ठ नगरपालिकास्थित डाँडागाउँ बस्तीलाई वातावरणमैत्री स्वावलम्बन गाउँ निर्माण गर्ने उद्देश्यले गत शनिबार सरोकारवालाहरूसँग अन्तर्क्रिया गरिएको हो।

कार्बन उत्सर्जन न्यूनीकरण, फोहोर व्यवस्थापन र वृक्षारोपण गरी स्वच्छ वातावरण निर्माण गर्ने, उद्यमशीलता विकास गरी आयआर्जन वृद्धि तथा बेरोजगारी अन्त्य गर्न स्थानीय सरोकारवालाहरूको समन्वयमा वातावरणमैत्री स्वावलम्बन गाउँ निर्माण गर्न आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रमको अध्यक्षता बालविकास समाज आधारभूत विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष अनिता तामाङले गरेकी थिइन्।

प्रमुख अतिथि बुढानीलकण्ठका नगर प्रमुख मिठाराम अधिकारी र विशिष्ट अतिथि नगर उपप्रमुख अनिता लामा रहेको कार्यक्रममा केन्द्रीय कार्यालय उद्यमशीलता, ग्राहक संरक्षण तथा अनुसन्धान विभागका प्रबन्धक सुमन श्रेष्ठले वातावरणमैत्री स्वावलम्बन गाउँ निर्माणको अवधारणासम्बन्धी प्रस्तुतीकरण गरेका थिए।

कार्यक्रममा वित्तीय साक्षरतासमेत प्रदान गरिएको थियो। वित्तीय साक्षरता कक्षाको सहजीकरण इलाका कार्यालय ठिमीका प्रबन्धक चेतनाथ बगालेले गरेका थिए।